बैठकमा लफडा गर्ने अखिल क्रान्तिकारीका १० जनालाई कारबाही

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत गर्नेहरूलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् । अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो ।

कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।


तपाईको प्रतिक्रिया