सुर्खेतका ५ देखि १९ वर्ष मुनिका ४९ हजार बालबालिकालाई फाइजर खोप लगाइने 

सुर्खेत – यहीँ असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ५ वर्षदेखि ११ बर्ष मुनिका ४९ हजार ६ सय १९ जना बालबालिकालाई फाइजर खोप लगाइने जनाएको छ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई लगाइने फाइजर खोप कर्णाली प्रदेशको सुर्खेतमा मात्रै यहीँ असार ९ गतेदेखि लगाउने तयारी रहको जानकारी दिनुभयो ।

प्रमुख गौतमले त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइसकिएको उल्लेख गर्नुभयो । यहि असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछ भने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने छ ।

यस्तै, पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार सुर्खेतको कूल जनसंख्या ३ लाख ६१ हजार ८ सय ३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६ सय १९ रहेको छ । यहीँ संख्यालाई फाइजर खोप लगाइनेछ ।

जसमध्ये बराहताल गाउँपालिकामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार ५ सय ५२ जना, चौकुने गाउँपालिकामा चार हजार ४ सय ७६ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, चिंगाड गाउँपालिकामा ३ हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६ सय ७५ जना, लेकबेसी नगरपालिकामा ४ हजार ३ सय ३८ जना, पंचपुरी नगरपालिकामा ५ हजार ४ सय ४७ जना र सिम्ता गाउँपालिकामा ४ हजार २४ जना बालबालिकालाई खोप लगाइने छ ।नेपाली रैबार 


तपाईको प्रतिक्रिया