सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटना हुँदा च्यापिएका दुई जनाको मृत्यु

सुर्खेत – सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिनो बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो ।
गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए । उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उनीहरूको सनाखत पनि भएको छ । ट्रकका चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाड नगरपालिका २ बस्ने २४ वर्षीय मिलन गुरूङको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो। प्रहरीले दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको हो ।

सो ट्रक दाङबाट सिमेन्ट र सरिया लोड गरी उक्त जाजरकोटका लागि छुटेको हो ।


तपाईको प्रतिक्रिया