सुर्खेत – जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साझ १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जादै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
उक्त ठक्करबाट मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउपालिका –१ का २४ वर्षीय हरीबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिँदा ऐडीको नाक, मुख र शरिरमा भित्री चोट लागि घाइते भएको र उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।प्रहरीका अनुसार ऐडीको शुक्रबार साझ १०ः४५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।
प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार राती ११ : ४५ बजे ऐडीको शव शवगृहमा राखिएको छ ।


दर्शन खबर । ४ असार २०७९, शनिबार