सुर्खेत – वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउन क्रममा डाँडाकटेरीका ५७ वर्षका दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा आज दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई सामुदायिक वनमा हिजो रातिदेखि डढेलो लागेको थियो ।
डढेलोका कारण पुरै शरीर जलेकाले सुरुमा पहिचान गर्न कठिनाई भएको प्रहरी नायव उपरीक्षक सुमित खडकाले बताउनुभयो । डढेलोका कारण मृत्यु घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको मृत्यु भएका बुढाथोकीको सव पोस्टमार्टमका जिल्ला अस्पताल सल्यान लगिएको उहाले जानकारी दिनुभयो ।
वनमा लाग्ने डढेलोको कारण सल्यानमा प्रत्येक वर्ष स्थानीयले ज्यान गुमाउँदै आएका छन भने वन आसपासका बस्तीका घरहरु पनि जलेर नष्ट हुँदै आएका छन ।


दर्शन खबर । ४ असार २०७९, शनिबार