नेपालगञ्जको जमुनाहा नाकामा जाँच गर्दा पाँच जनामा कोरोना पुष्टि

सुर्खेत – भारतबाट आएका पाँच जनामा कोरोना देखिएको छ।

नेपालगञ्जको जमुनाहा नाकामा जाँच गर्दा पाँच जनामा कोरोना देखिएको हो।

जमुनाहामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले एक महिलासहित पाँच जनामा कोरोना देखिएको जानकारी दिए।

कोरोना देखिएका सबैले खोप लगाएका थिए। कोरोना देखिएकाहरु सुर्खेत, बर्दिया, रोल्पा र दाङ जिल्लाका हुन्।

तपाईको प्रतिक्रिया