कालिकोटमा दुई जनालाई बाढीले बगाउदा एक जनाको मृत्यु,एक जनाको सकुशल उद्धार

सुर्खेत – अविरल वर्षाको कारण कालिकोटको खाँडाचक्र नगरपालिका २ स्थित मुल खोलामा आएको बाढीमा परी अलपत्र परेकी सोही नगरपालिका बस्ने ४८ वर्षीया लालधरी विश्वकर्मालाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ ।

खोलामा आएको बाढीमा परी अलपत्र परेको भन्ने खबर पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उद्धार गरेको हो । उनीसँगै बाढीमा बगेका उनका श्रीमानको भने मृत्यु भएको छ ।

उनको श्रीमान् ५० वर्षीय खड्कबहादुर विश्वकर्माको शव आज (बिहिबार) बिहान खोला किनारमा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया