विपद्‌मा एनआरएनएको सहयोग सराहनीय – प्रधानमन्त्री देउवा

सुर्खेत – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प, बाढी, पहिरो लगायतका विपद्‌मा गैरआवासीय नेपाली संघको सहयोग सराहनीय रहेको बताएका छन्।

बिहीबार नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार कार्यक्रमलाई सम्बोधन गर्दै विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना महामारीको वैदेशिक रोजगारीमा रहेका २ लाख नेपालीलाई सहयोग गरेको बताएका हुन्।

उनले सरकारले वैदेशिक रोजगारी बचत पत्र निष्कासन गरेको छ। गैरआवासीय नेपाली नागरिकलाई सहज बनाउन नेपालमा डलर खाता खोल्ने तयारी रहेको समेत बताए।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया