कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने

सुर्खेत – कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ। बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराए। स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न ५१ करोड ४५ लाख बजेट विनियोजन गरिएको उनले बताए।

यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने छ भने राकममा ट्रमा सेन्टरको स्थापना गरिने संघीय सरकारको समन्वयमा स्थापना गरिने छ। जाजरकोट जिल्लाइ मौरीको हर्व बनाइने बताएको छ।

यूवाहरुलाइ रोजगारी दिने विषयलाइ जोठड दिइएको छ। पुराना उद्योगलाइ सञ्चालन गर्न बजेट निनियोजन गरिएको छ। जगदुल्ला जलविद्युत आयोजनामा शेर लगानी गरिने भएको छ। ताक्सुगाडलाइ सम्भाव्यता अध्ययन जारी राखिने छ। प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरिने भएको छ।

कर्णलीका पर्यटकीय क्षेत्रको विकासका बजेट बिनियोजन गरिएको छ। लिमि लगाएत ठाउँमा संग्रालय स्थापना गरिने भएको छ। कालीकोटको पिलि , जाजरकोटको जुनि र रुकुम पश्चिमको खारामा युद्ध संग्रालय स्थापना गरिने भएको छ। हवाइ सेवा प्रदायकलाइ सहुलियत दिने बताएको छ।


तपाईको प्रतिक्रिया