सुर्खेत – कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९र८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन्।
यस्तै,सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ। कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए।
यसैगरी, बजेटमा नदी तटबन्धनका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ।


दर्शन खबर । १ असार २०७९, बुधबार