भेरिगंगाको जहरेमा ढाकाका सामाग्री उत्पादन तालिम सुरु


सुर्खेत । भेरीगंगा ९ जहरेमा उपप्रमुख रोजगार कार्यक्रम अन्र्तगत एक महिने ढाकाका सामाग्री उत्पादन तालिम सुरु भएको छ ।
आर्थिक समृदिको आधार,लघुउद्यम मार्फत रोजगार भन्ने मुल नारा सहित नागरिकको सिप विकासका लागी सुरु गरीएको तालिम असार ३० गते सम्म संचालन हुनेछ ।
भेरिगंगा नगरपालिका उद्योग बिकाश शाखा छिन्चुको आयोजनामा संचालित उक्त तालिमको सोमवार एक कार्यक्रमका बीच भेरिगंगा नगरपालिका उप प्रमुख धनसरा बोहोराले उद्घाटन गर्नु भएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी नगर उपप्रमुख धनसरा बोहोराले तालिम पश्चात सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने गरी सिप सिक्न तालिमका सहभागिहरुलाई सुझाब दिनुभयो ।
उद्योग विकास शाखा भेरीगंगाका शाखा प्रमुख पिताम्वर पौडेललको अध्यक्षतामा भएको तालिममा नगर उप प्रमुख धनसरा बोहोरा,भेरिगङ्गा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लालसिह बुढा, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम बहादुर आग्री, उधोग विकाश शाखाकी फोकल पर्सन चित्रा डाङ्गी, प्रशिक्षक खिमा स्वती मगर, उद्यम बिकास सहजकर्ता सुनिता जैसी र लाल बहादुर कार्की लगायत वडा नम्बर ६,७ र ९ का जम्मा १२ जना स्थानीयको सहभागीहरुको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया