गाउँमा एक सय १६ खानेपानी धारा निर्माण, स्थानीयले पाए वर्षौंदेखिको दुःखबाट छुटकारा

दैलेख – दैलेखको डुङ्‍गेश्‍वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन् । हेल्भेटास नेपाल, डुङ्‍गेश्‍वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन् ।

धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो । सुख्खा ग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए । पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पुर्‍याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन् ।

योजना सम्पन्‍न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् । फरकधार


तपाईको प्रतिक्रिया