वीरेन्द्रनगर १० की चेक अनादर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ

सुर्खेत – चेक अनादर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० की मन्जु विक रहेकी छन् ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतबाट चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय सुनाएपछि विक फरार भएकी थिईन् । प्रहरीले विकलाई पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको छ ।


तपाईको प्रतिक्रिया