एसीसी महिला टी–२० च्याम्पियनशिपका लागि १५ सदस्यीय टोली घोषणा

सुर्खेत – नेपाल क्रिकेट सङ्घ क्यानले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनशिपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रारम्भिक टोलीमा रहेका १९ जना खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिएको क्यानले जनाएको छ । नेपाली टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी रहेका छन् ।

यही जुन १७ अर्थात् असार ३ गतेदेखि सुरु हुने च्याम्पियनशिपमा नेपाल समूह ुबीु मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

नेपालले असार ३ गते भुटानसँग, ४ गते कुवेतसँग ६ गते बहराइन र ७ गते हङकङसँग खेल्नेछ । दुवै समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।


तपाईको प्रतिक्रिया