मुगुमा पहिलोपटक नेपाली सेनाको भर्ती छनोट सुरु

सुर्खेत – मुगुमा पहिलोपटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ । रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलोपटक भर्ती खोलेको हो ।

पाँच महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बूले जानकारी दिए। भर्ती हुन जिल्ला र बाहिरी जिल्ला बर्दिया, हुम्ला, जुम्ला, बाजुरा, दैलेख, रौतहट लगायतका जिल्लाबाट युवाहरूको उपस्थित रहेको छ। अहिले आवेदन दिएकाहरूको शारीरिक परीक्षण र स्वास्थ्य रिपोर्ट छनोट भइरहेको लिम्बूले बताए ।


तपाईको प्रतिक्रिया