सुर्खेत – रोल्पाको परिवर्तन गाउँपालिमा सडक खन्दै गरेको ठाउमा पहिरो खस्दा दुई बालक पुरिएका छन्।
परिवर्तन गाउँपालिका ५ स्थित दाउन्ने भीरमा पहिरो खस्दा स्थानीय प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र २ वर्षका छोरा इशान पुरिएका रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार अहिले स्थानीयसहित प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ। स्काभेटरले सडक खन्दै गरेको आज बिहान करिब सवा नौ बजेको समयमा पहिरो खसेको हो।
सडक खन्ने मेसिन रोकेर स्काभेटरका अपरेटर खाना खान गएको बेला सडकमाथिबाट पहिरो खसेर दुई दाजुभाइ पुरिएका प्रहरीले जनाएको छ।


दर्शन खबर । २९ जेष्ठ २०७९, आईतवार