कर्णाली प्रदेशले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउँने 

सुर्खेत । कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउँने भएको छ। जसको लागि गणतन्त्र दिवस २०७९ समारोह समितिको गठन समेत गरिएको छ।

कर्णाली सरकारले जेठ ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मने कार्यालयले गणतन्त्र दिवस मनाउने सम्बन्धमा विषयक पत्रमा आधारमा बैठक बसी २०७९ मा कर्णालीमा पनि दिवस मनाउन विषयमा बैठक बसेको थियो।

उक्त बैठकमा भएको छलफलबाट वि . स २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको सन्दर्भमा यहीँ जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउनका लागि समिति गठन गरेको छ। उक्त समितिको अध्यक्ष मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बनाएको छ।

यस्तै, सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव प्रेमप्रसाद आचार्य र अन्य सदस्यहरुमा कर्णाली प्रदेशका मन्त्री, प्रमुख सचिव, सचिवहरु रहने गरि समितिको गठन गरिएको छ।
साथै कार्यक्रमहरुको समय तालिका पनि सार्वजनिक गरिएको छ।


तपाईको प्रतिक्रिया