
सुर्खेत । सिम्ता गाउँपालिकाका अति विपन्न नागरिहरुको निशुल्क स्वास्थ्य विमा गरिने भएको छ । बुधवार नवनिर्वाचीत गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्माले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा गाउपाँलिकामा रहेका अती विपन्न नागरिहकरुलाई स्वास्थ विमा निशुल्क गर्ने र बाँखर्क सालझरी हुदै चिङ्गाड गाउँपालिकाको बादशाला जोड्ने सडक निर्माण कायलाई अगाडी बढाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिनुभयोे ।
सिम्ता गाउँपलिकाका विपन्न नागरिकहरुले समय समयमा आई पर्ने विभिन्न महामारी, सर्ने तथा नसर्ने रोगहरुबाट अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको कारण नागरिकहरुलाई सहायता प्रदान गर्नका लागी निशुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिनुभयो ।
सिम्ता गाउँपालिकामा बसोबास गर्ने आधिकांस मानिसहरु जिविको पार्जन गर्न भारत तथा तेस्रो मुलुक जाने गरेका छन् । सिम्ता गाउँपालिकाले गरेको गरीवी नक्साङ्कनमा ३९ प्रतिशत नागरिकहरु गरीविको रेखामुनी रहेका छन । गाउँपालिकाले तयार गरेको गरीवी नक्सांकनका आधारमा निशुल्क स्वास्थ्य बिमाको कार्यक्रमलाई अगाडी बढाईने प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
नयाँ जनप्रतिनिधीको स्वागत तथा पुरानाको विधाई
स्थानीय तह सदस्य निर्वाचन २०७९ सालमा निर्वाचित जनप्रतिनिधीहरुको सपथ ग्रहण तथा २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधीहरुको विधाई गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो । बुधवारनै आयोजना गरिएको नयाँ जनप्रतिनिधीको स्वागत तथा पुराना जनप्रतिनिधीहरुको स्वागत कार्यक्रमको प्रमुख अतिथि पुर्व जिल्ला विकास समिति सभापति बालकृष्ण विसि, अतिथीहरु सिम्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, सिम्ताका ९ वटै वडाहरुका पुर्व जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख, संघ संस्था, संगठन र समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा हर्माले निवर्तमान जनप्रतिनिधिलाई मायाको चिनो दोसल्ला प्रदान गरी सम्मान सहित विदाई र नवनिर्वाचित जनप्रतिनिधिलाई टीका माला लगाएर स्वागत गर्नु भएको थियो ।
अध्यक्ष चन्दको सम्पत्ती विवरण सार्वजनीक
यसैविच पदभार ग्रहण पश्चात गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ती विवरण समेत सार्वजनीक गर्नु भएको छ । सार्वजनीक गरीएको सम्पत्ती विवरणमा गाउँपालिका अध्यक्ष चन्दको नाममा, मोटरसाईकल एक थान, सांग्रीला बैंकमा नगद मौज्दात, ८ हजार ३ सय ६२ रुपैया आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उहाँले सार्वजनीक गरेको सम्पत्ती विवरणका उल्लेख गरिएको छ । यसैगरी बुवा शेर बहादुर चन्दको नाममा कित्ता नम्वर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करीव ५ रोपनी एैलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उल्लेख गरिएको छ । अध्यक्ष चन्दको आमाको नाममा करीव साढे १ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैँया (मल्ल) चन्दको नाममा करीव साढे २ तोला सुन, छोरा दिपेन्द्र कुमार चन्दको नाममा पाखोबारी, करीब १ लाख पचास हजार नगर मौज्दात, १ थान मोटर साईकल रहेको छ भने बुहारी जयन्ती (मल्ल) चन्दको नाममा सिम्ता ५ आलिमा भाँडा पसल डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनीक गरेको सम्पत्ती विवरणमा उल्लेख गरिएको छ ।


दर्शन खबर । ११ जेष्ठ २०७९, बुधबार