माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई पक्राउ

सल्यान । स्थानीय तहको निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ । भर्खर सम्पन्न स्थानीय तह चुनावमा नेपाली काँग्रेसलाई भोट नहाली माओवादीलाई हालेको भन्दै छिमेकीले दार्मा गाउँपालिका २ सिलिङ्गेका तिलक वलीमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दार्मा गाउँपालिका २ का २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकायलाई पक्राउ गरेको छ । कुटपिटमा संलग्न निश्चल वली र चिन बहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

फरार दुवै अभियुक्तको खोजी कार्य भइरहेको र पक्राउ परेका दुई जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको उनको भनाई छ । स्थानीय तह निर्वाचनमा दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष देखि वडा अध्यक्षसम्म माओवादीले जितेको छ ।


तपाईको प्रतिक्रिया