सुर्खेतका नौ पालिकाका नवनिर्वाचित प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ

सुर्खेत । सुर्खेतका सबै पालिकाका नवनिर्वाचित प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज वीरेन्द्रनगरमा जिल्लाका नौ पालिकाका प्रमुखहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोजनामा जिल्ला न्यायाधीश डा। रोजन्द्रकुमार आचार्यले उनीहरुलाई सपथग्रहण गराएका हुन् । वीरेन्द्रनगर नगरपालिकाका मोहनमाया ढकाल, गुर्भाकोट नगरपालिकाका हस्त पुन, लेकबेशी नगरपालिकाका उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका यज्ञप्रसाद ढकाल, बराहताल गाउँपालिकाका भीमबहादुर भण्डारी, चिङ्गाड गाउँपालिकाका बोधविक्रम जिसी, सिम्ता गाउँपालिकाका ऐनबहादुर चन्द, पञ्चपुरी नगरपालिकाका लालवीर भण्डारी र चौकुने गाउँपालिकाका नवनिर्वाचित प्रमुख खड्क विकले सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणपछि प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुको साथै सबैको विकास निर्माणका काम सँगै सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् । उनीहरुले सुशासन कायम गर्नुको साथै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुर्खेतमा चार चार पालिका कांग्रेस र एमालेले जितेका छन् भने एउटा पालिका माओवादीले जितेको छ ।


तपाईको प्रतिक्रिया