भेरीगंगामा नयाँ जनप्रतिनिधीको स्वागत तथा निवर्तमान जनप्रतिनिधीको विधाई


सुर्खेत । भेरीगंगा नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । आईतवार भेरीगंगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नयाँ जनप्रतिनिधीको स्वागत तथा निवर्तमान जनप्रतिनिधीहरुको विधाई गरेको हो । कार्यक्रममा बोल्दै भेरीगंगाका नवनिर्वाचीत नगर प्रमुख यज्ञ प्रशाद ढकालले आफुहरुलाई भेरीगंगाबासिले समृद्ध नगर र सुशासनयुक्त नगर बनाउन पाँच बर्षको म्यान्डेड दिएको भन्दै रातदिन नभनी भेरीगंगाको मुहार फेर्न लाग्ने बताउँदै सबै नवनिर्वाचित जनप्रतिनिधीहरुलाई दत्तचित्त भई जनताको सेवामा लाग्न निर्देशन समेत दिनु भएको छ । भेरीगंगाका निवर्तमान नगरप्रमुख भुपेन्द्र बहादुर चन्दले निवर्तमान जनप्रतिधिहरुले सुरु गरेका कामहरुलाई निरन्तरता दिई समन्वय र सहकार्य गर्न नवनिर्वाचित जनप्रतिनिधहरुलाई आग्रह गर्नु भएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने नगरका कर्मचारी राजनितीक दल तथा सरोकारवालाहरुलाई धन्यावाद दिनु भएको छ । नवनिर्वाचीत जनप्रतिनिधीहरुको पदभार ग्रहण सोमवार विहान १० बजे हुने नगपालिकाले जनाएको छ । कार्यक्रममा भेरीगंगा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु,१३ वटै वडाका जनप्रतिनिधी, विभिन्न राजनितिक दलहरुका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया