कुलेन्द्र शाही सुर्खेत – सुर्खेतको लेकवेशी नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांंग्रेसका उम्मेदवार उमेश कुमार पौडेल विजयी हुनुभएको छ । उहाले ६ हजार ६ सय ३९ मत ल्याएर नेकपा एमालेका देव बहादुर रानालाई २ सय ६५ मतले पराजीत गर्नुभएको हो । रानाले ६ हजार ३ सय ७४ मत प्राप्त गर्नुभएको हो ।
यस्तै उप प्रमुखमा नेकपा एमालेकी बिमला खड्लुक मगर विजयी हुनुभएको छ । उहाले ६ हजार १ सय ९ मत ल्याएर नेकपा एकिकृत समाजवादीकी देवकली थापा मगरलाई ६ सय ६९ मतान्तरले पराजीत गर्नुभएको हो । मगरले ५ हजार ४ सय ४० मत प्राप्त गर्नुभएको छ ।
१० वटा वडा रहेको लेकबेशीमा २ बटा वडामा नेकपा एमाले र ८ बटा वडामा नेपाली काँग्रेस विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका हरिमान घलेले ७ सय ६९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वडा नम्बर २ मा नेपाली काँग्रेसका चन्द्रबहादुर बुढाले ४ सय २३ मत प्राप्त गर्नु भएको छ, वडा नम्वर ३ मा नेपाली काँग्रेसका लिलाराम अधिकारीले ५ सय ४३, वडा नम्बर ४ मा नेपाली काँग्रेसका लोकेन्द्र थापाले ६ सय १८, वडा नम्वर ५ मा चक्रबहादुर शाहीले ५ सय १२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
वडा नम्वर ६ नेपाली काँग्रेसका प्रतिमान बाकावलले ८ सय ३०, वडा नम्वर ७ मा नेकपा एमालेका रुद्रबहादुर नेपालीले ७ सय ४६ , ८ मा नेपाली काँग्रेसका टिकाराम छन्तेलले ६ सय ७६, वडा नम्वर ९ मा नेपाली काँग्रेसका माबहादुर सोमै मगर ८ सय ६० र वडा नम्वर १० मा नेपाली काँग्रेसका पर्शुराम भण्डारीले ८ सय १६ मत ल्याएर विजयी हुनुभएको छ ।


दर्शन खबर । ९ जेष्ठ २०७९, सोमबार