बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृत्य

सल्यान। भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो ।
हिजोबाख्रा चराउन गएका वृद्ध डाँगी दिउँसो लडेर घाइते हुनुभएको थियो । घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
डाँगीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया