सिम्ताको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


सुर्खेत । सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाका अध्यक्षमा ऐन बहादुर चन्दले पाँच हजार १४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिष्प्रधी नेपाली काँग्रेसका वीरेन्द्र रावतले चार हजार ८०७ मत ल्याएर पराजित भएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी गोमा शर्मा (रेग्मी) ले पाँच हजार ६८ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिष्प्रधी माओवादी केन्द्रका चित्र बहादुर हमालले चार हजार ३८५ मत ल्याएर पराजित भएका हुन् । नौ वटा वडा रहेको उक्त पालिकामा ५ वटा एमालेले र ४ वटा नेपाली काँग्रेसले जितेको छ ।
वडा अध्यक्षहरुमा नेकपा एमालेबाट वडा नम्वर १ मा यामराज शर्मा, वडा नम्वर २ मा खगेन्द्र सिंह ठकुरी, वडा नम्वर ३ मा लोक बहादुर शाही, वडा नम्वर ४ मा वीरेन्द्र सिंह, वडा नम्वर ५ मा मोहन कुमार चन्द, यस्तै नेपाली कांग्रेसबाट वडा नम्वर ६ मा गुलाव सिंह ठकुरी, वडा नम्वर ७ मा घन बहादुर केसी। वडा नम्वर ८ मा चेत बहादुर रेग्मी र वडा नम्वर ९ मा कवीराज योगी विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया