भेरीगंगा नगरपालिकामा  प्रमुख र उपप्रमुख सहित  कुन वडा कसले जिते ?


कुलेन्द्र शाही । सुर्खेत । भेरीगंगा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेका यज्ञ प्रसाद ढकाल विजयी हुनुभएको छ । उहाले १० हजार २२ मत ल्याई गठबन्धन दल नेपाली कांग्रेसका राम बहादुर सिंहलाई पराजीत गर्नुभएको हो । सिंहले ९ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको हो ।
यस्तै उप प्रमुखमा नेकपा एमालेकी धनसरा बोहोरा ९ हजार ६ सय १४ मत प्राप्त गरी नगर उपप्रमुखमा विजयी भएकी हुनुभएको छ । यस्तै गठबन्धन दल नेकपा माओवादीका नन्द बहादुर कार्की नरेन्द्रले ८ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ ।

१३ वडा रहेको भेरीगंगाको ८ वडामा नेपाली काँग्रेस, ३ वटा वडामा नेकपा एमाले र २ वडामा नेकपा माओवादी केन्द्र विजयी भएका छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश पुलामी मगरले ३ सय ३३ मत प्राप्त गरी वियी हुनु भएको छ भने, वडा नम्बर २ मा नेकपा माओवादीका चिरन्जीवी बुढाले ५ सय ७ मत प्राप्त गर्नु भएको छ, वडा नम्वर ३ मा नेपाली कांग्रेसका जीतबहादुर सुनारले ६ सय ८, वडा नम्बर ४ मा नेकपा एमालेका गंगाबहादुर खत्रीले ९ सय ५१, वडा नम्वर ५ मा प्रेमबहादुर सारुले ५ सय २४ मत प्राप्त गरी विजयी हुनु भएको छ । वडा नम्वर ६ मानेपाली कांग्रेसका लालसिं बुढाक्षेत्रीले ५ सय २४, वडा नम्वर ७ मा कर्णबहादुर मिजारले ५२२, ८ मा पुसे कामीले ९ सय २४, वडा नम्वर ९ मा प्रेमबहादुर बुढाले ८ सय ५७ वडा नम्वर १० मा वीरबहादुर बस्नेतले १ हजार २७ र १२ मा रामबहादुर डाँगीले ९७५ मत ल्याएर विजयी हुनुभएको छ ।
यस्तै र ११ मा नेकपा एमालेका जयबहादुर नेपाली १ हजार १ सय १६ विजयी हुनुभएको छ भने वडा १३ मा माओवादी केन्द्रका गणेशबहादुर भण्डारीले १ हजार ६ मत ल्याएर विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया