लेकवेशीका नवनिर्वाचीत जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण


सुर्खेत । लेकवेशी नगरपालिकाका नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरीएको छ । विहिवार लेकवेशी नगरपालिका प्रमख, उपप्रमुख तथा १० वटै वडाका नवनिर्वाचीत वडा अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र वितररण गरेको हो । लेकवेशीका निर्वाचन अधिकृत दिपेन्द्र नाथ योगीले नवनिर्वाचत जनप्रतिनिधीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको हो । प्रमाणपत्र ग्रहण पश्चात नवनिर्वाचीत नगरप्रमुख उमेश कुमार पौडेलले १० वटै वडाका जनप्रतीनिधी तथा पालिकाका कर्मचारीहरु सबैले समिद्ध लेकवेशी बनाउन आ आफ्नो स्थानबाट लाग्नु पर्ने बताउनुभयो । नगर प्रमुख पौडेलले लेकवेशीका कुनैपनी जनप्रतिनिधीहरुले सरकारी सावारी साधनको प्रयोग नगर्ने र सरकारी बजेटको खर्चलाई मितव्ययी बनाउने पनी बताउनु भएको छ ।
निर्वाचन अधिकृत दिपेन्द्र नाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा, लेकवेशी नगरपालिकाका सहायक निर्वाचन अधिकृत दिपक ध्वज हमाल, नवनिर्वाचीत नगर प्रमुख उमेश कुमार पौडेल, उपप्रमुख बिमला खड्लुक, लगाएत लेकवेशी नगरपालिकाका १० वटै वडाका नवनिर्वाचीत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया