सुर्खेत।मधेश प्रदेश सरकारका सामजिक विकास मन्त्री नवलकिशोर साह सुडीको छोरालाई पराजित गर्दै डा। सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको पहिलो जीत भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् ।
१६१ मतको अन्तरले माझीले जीत हात पारेका हुन् । उनले ६ हजार ४०७ मत ल्याए भने प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत ल्याए । त्यसै गरी नेकपा माओवादी केन्द्रका उमेशकुमार मिश्रले १ हजार ५९२ मत, नेकपा एमालेका शरिफ रहमानले १ हजार ७९ मत ल्याएका छन् ।
उपप्रमुखमा भने जसपाकी सरितादेवी यादव सिपालिया ६ हजार ५१२ मत ल्याएर निर्वाचित भएकी छन् । जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत र नेकपा माओवादी केन्द्रकी अनितादेवी यादवले ३ हजार ५८० मत ल्याए ।


दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार