काङ्ग्रेस मुगुका सभापति सवार गाडी दुर्घटना

मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । सोरु गाउँपालिका–६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीको अवस्था सामान्य छ । सभापति शाही सवार लु१ज १७७२ नम्बरको गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही , कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया