सुर्खेत। मुगुको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् ।
अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका साथ विजयी भएकी छन् । उनले एमालेकी कविता गिरीलाई २०४९ मतान्तरले पराजित गरेकी हुन् ।उनकी प्रतिद्वन्द्वी एमालेकी कविताले २४९९ मत पाइन् ।
११ वडा रहेको यो गाउँपालिकामा माओवादीले ५ र कांग्रेस एमालेले ३र३ वडा जितेका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो । योपटक भने ३ वटा वडामै सीमित रहेको छ।


दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार