दैलेखमा जाँड–रक्सी खाए र नखाएको जाँच गरेर मात्र मतगणना स्थलमा प्रवेश दिइने

दैलेख – दैलेखका ११ वटै पालिकाका मतगणना स्थलमा जाँड–रक्सी खाएरनखाएको जाँच गरेर मात्र प्रवेश दिइने भएको छ ।

दैलेखका सबै पालिकाका मतगणना स्थलमा एकरएक वटा ब्रेथलाइजरु प्रबन्ध गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मतगणना स्थलमा होहल्ला र विवाद हुन नदिन ुब्रेथलाइजरु प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।

ुब्रेथलाइजरु व्यवस्थापछि मतगणनाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहज हुने दैलेखका प्रहरी नायब उपरीक्षक डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

मतगणना व्यवस्थित गर्न ल्याइएका ब्रेथलाइजरु ले समाजमा जाँड–रक्सीका कारण उत्पन्न हुने घटना कम हुने नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापाको विश्वास छ ।


तपाईको प्रतिक्रिया