बर्दियाको ३७१ मतदान केन्द्रमा निर्वाचनको तयारी तीव्र

बर्दिया । बर्दियाको गुलरियाको मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै बर्दियाका ३७१ मतदान केन्द्रमा मतदान अधिकृत लगायत सम्पुर्ण टिम मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया जिल्लाको ६ नगरपालिका र दुई गाउँपालिका गरी कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेको ३७१ मतदान केन्द्रमा निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर कुवरले बताउनु भएको छ ।

मौन अवधि सुरु भएदेखी अहिलेसम्म मौन अवधि उल्लङ्घन भएको कुनैपनी उजुरी नपरेको कुवरले बताउनु भयो ।
जिल्लामा निर्वाचन भयरहित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न मदिरा बेचबिखनमा समेत निषेध गरिएको छ भने छिमेकी मुलुक भारतसँग जोडिएका सम्पूर्ण नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।


तपाईको प्रतिक्रिया