सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री हिमबहादुर शाहीका अन्दाजी २३ वर्षीय नातीसहितको टोलीले एमालेका कार्यकर्ताले पार्किङ्ग गरि राखेको मोटरसाइकलमा आगजनी लगाउने प्रयास गरेका छन ।

उनीहरुले दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ पुनडाँडामा एमालेले पार्किङ्ग गरि राखेको मोटरसाइकलमा आगजनी लगाउन प्रयास गरेको एमालेले जनाएको छ ।
एमाले नगरकमिटि अध्यक्ष रङ्गबहादुर तामाङ्गले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटना घटेको बताउनुभएको छ । आज बिहान साढे ३ बजेको समयमा चामुण्डाबिन्द्रासैनी–२ पुनडाँडामा रहेको देविराम विकको घरमा पार्किङ्ग गरी राखिएका मोटरसाइकमा कर्णाली प्रदेश ००१ प ४०३४, ०२–००१ प ९९६६, ०२–००२ प ३७७३, २–०३३०१९ प ७५५४ र देविरामको बा ४४ प १०७५ नम्बरको मोटरसाइकका पाटपूर्जा काटेर आगजनी गर्ने क्रममा घर धनिले थाहा पाउँदा फरार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, उक्त विज्ञप्तिमा कानून मन्त्री हिमबहादुर शाहीको नाती चामुण्डाबिन्द्रासैनी–४ का अन्दाजी २३ वर्षीय सन्देश शाही, २४ वर्षीय भूवन शाही, २४ वर्षीय किरण शाही, चामुण्डा–५ का २१ वर्षीय अशोक शाही र चामुण्डा–३ का २७ वर्षीय सुनिल शाहीले मोटरसाइकमा आगजनी गर्न खोजेको उल्लेख गरिएको छ ।
यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपनली कांग्रेसको तर्फबाट कानून मन्त्रीका छोरा गणेशकुमार शाही उम्मेदवार बन्नुभएको छ


दर्शन खबर । २८ बैशाख २०७९, बुधबार