सुर्खेतमा सशस्त्र प्रहरीद्धारा अवैध चिरान काठ बरामद

सुर्खेत निर्वाचनका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध चिरान काठ बरामद गरेको छ । निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको नम्बर ३२ रक्तकाली गण बांगेसिमलका प्रहरी निरीक्षक सुजल भण्डारीको टोली ३७ थान चिरान काठ बरामद गरेको हो ।

२७ क्यूफिट काठ रानीघाट नजिकै जंगल किनारामा वेवारिसे अवस्थामा राखिएको काठ फेला परेको नम्बर ३२ रक्तकाली गण बांगेसिमलका प्रमुख एसपी विमल डाँगीले जानकारी दिए । उनकाअनुसार काठ राखिएको क्षेत्रमा कुनै व्यक्तिहरु नभएको र बरामद गरिएको काठ डिभिजन वन कार्यालय वीरेन्द्रनगरलाई जिम्मा लगाइएको छ ।

सशस्त्र प्रहरीले निर्वाचनको बेला हुन सक्ने सम्भावित घटनाहरु रोक्न निर्वाचन लक्षित सर्च अभियान जारी राखेको छ । रानिघाट क्षेत्रबाट अवैध सालको काठ फलाटेबाट वीरेन्द्रनगर भित्र्याउन तस्करहरुले राख्न सक्ने अनुमान वन कार्यालयको छ । सवैको ध्यान यति बेला निर्वाचनमा केन्द्रीत रहेको बेला जंगलमा तस्करहरु सलबलाएको हुन सक्ने भएकाले मतहतका सव–डिभिजन कार्यालयहरुलाई सक्रियता बढाउन निर्देशन दिएको कार्यालयको दावी छ ।

तपाईको प्रतिक्रिया