कृष्ण संस्कृत तथा साधारण मा.बि. सुर्खेतको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालीका वडा नं. ७ मा रहेको श्री कृष्ण संस्कृत तथा साधारण उच्च माध्यामीक बिद्यालयको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देब कुमार सुबेदिको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबेदिले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयहरूमा शैक्षिक साथै भौतिक पूर्वाधारको गुणस्तर वृद्धि हुँदै गएको बताए । उहाँले गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षकले इमानदार भै आ आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गर्नु भयो । विद्यार्थीको सिकाई उपलब्धि बृद्धिगर्न शिक्षक र अभिभावकलाई उहाँले आग्रह समेत गर्नु भयो । विद्यालय स्थपना गरेर मात्र नहुने भन्दै बर्तमान परिवेश अनुसार शिक्षा दिन जरुरी रहेको उहाँको भनाई छ ।
त्यस्तै कायैक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद गौतमले बिगत २ बर्ष देखी सुरु भएको कोभिड १९ का कारण देशभर सुरु भएको बन्दावन्दीले विद्यालयको शिक्षण सिकाइ असहज बन्दै पठनपाठनमा पनि प्रत्यक्ष प्रभाव पारेको बताउनुभयो । केरोनाकै कारण विगत २ वर्षदेखि वार्षिकोत्सव कार्यक्रमसमेत प्रभावित हुन पुगेको उहाको भनाई छ ।
कोरोना कालको बिचमा पनि विद्यालय अभिभावक, विभिन्न गैरसरकारी संस्थाहरु, वीरेन्द्रनगर नगरपालिका शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय जस्ता सरकारी तथा अन्य गैरसरकारी संस्थाहरुले विद्यालयप्रति दर्शाएको सद्भाव र सहयोग प्रति उहाँले आभार प्रकट गर्नुभयो । आगामी दिनहरुमा समेत यो सदभाव र सहयोगको निरन्तरताको लागी उहाँले अनुरोध समेत गर्नुभयो ।
वि.सं.२०१५ साल बैशाख २२ गते कटकुवा बाट आरम्भ भएको यस बिद्यालय समायान्तर बिकास हुदै हाल बिरेन्द्रनगर ७ ईत्रामबाट सन्चालन भईरहेको छ । विद्यालयमा हाल बाल बिकास देखी कक्षा १२ सम्म दुईहजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।
संस्कृत माध्यमिक विद्यालयका रुपमामा ध्यमिक तह स्वीकृत पाएको यो विद्यालय हाल समयको प्रभाव र विद्यार्थी एवम् अभिभावहरुको अंग्रेजी भाषाप्रतिको रुचिका कारण साधारण शिक्षामा शिक्षण गर्ने विद्यालयका रुपमा रुपान्तरित भएको छ । कक्षा ११ र १२ मा विज्ञान व्यवस्थापन, शिक्षा र मानविकी शिक्षा पठनपाठन हुँदै आएको छ । त्यसै गरी २०७४ सालदेखि १८ महिने सिभिल प्रि-डिप्लोमा कार्यक्रम र २०७६ सालदेखि ३ वर्षे सिभिल कार्यक्रम सञ्चालन गरिदै आईएको छ ।
शिक्षक देब गौतमले सञ्चालन गरेको कार्यक्रममा बिद्यालयका साहायक प्रध्यानध्यापक डिल्ली राम चपाई ले प्रगति प्रतिबेदन प्रश्तुत गर्नुभएको थीयो । कार्यक्रमको अवसर पारेर विद्यालयलाई १ लाख ५१ हजार १ सय ५५ रुपैयाँ चन्दा दिएर सहयोग गनुहुने दाता टेक नारायण अर्याल लगायत अन्य जग्गा दाता चन्दा दाता, अक्षय कोष स्थापना गरेर सहयोग गनुहुने सहयोगी र बिद्यालयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी हरुलाई सम्मान पनि गरीएकोे थियो भने छात्र छात्राले मनोरोञ्जन समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया