स्वर्गीय दाजुको सपना पुरा गर्न चुनावी मैदानमा होमीएकीः सम्झना कार्की


सुर्खेत । भेरीगंगा नगरपालिकाका वडा नम्वर १ मा सम्झना कार्कीले वडा अध्यक्षको उम्मेदवारी दिएकी छन् । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी भेरीगंगा नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा प्रतिसप्रधामा उत्रीएकी सम्झना अहिले घरदैलो तथा तथा मतदाताको घरघरमा पुगीरहेकी छन् । २०७८ फागुन ८ गते सवारी दुर्घटना परी निधन भएका नवराज कार्कीका बहिनी हुन् सम्झना । दाजु नवराजको सवारी दुर्घटनामा मृत्यु भएपछी दाजुको सपनाहरु पुरा गर्नकालागी चुनावी मैदानमा आएको उनी बताउँछीन् ।
नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षको पदका लागी निर्वाचनको मैदानमा आएकी सम्झना २०७३ साल देखि माओबादि केन्द्रको सक्रिय सदस्यको रुपमा पार्टीमा शक्रीय भएर लागेकी छन् ।
भेरिगंगा नगरपालिकाको दुर्गम वडाको रुपमा रहेको वडा नम्बर १ मा सडक, खानेपानी, सडक लगायतका पूर्वाधारको समस्यालाई समाधान गर्नका लागी चुनावी मैदानमा आएको उनी बताउँछिन् ।

दिवंगत भएका वडाध्यक्ष कार्कीले आफ्नोे कार्यकालमा वडा नम्वर १ मा खानेपानी, सिचाई, विद्युत, सडक संजाल, जनताको आय आर्जनमा वृद्धी गर्नका लागी महत्वपुर्ण योजना बनाई काम गरिरहेका थिए ।
यसपालिको चुनावी प्रतिस्पर्धासँगै सम्झना सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। अब उनी राजनीतिलाई निरन्तरता दिन चाहन्छिन् । भेरीगंगामा नगर प्रमुख र उपप्रमुखका लमगी नेकपा माओवादी केन्द्र सत्तारूढ दल नेपाली कांग्रेसको गठबन्धन भएता पनी वडा हरुमा भने गठबनधन भएको छैन् ।
भेरीगंगा–१ मा एक हजार ५१० जना मतदाता रहेका छन् । सम्झालाई जिताउनका लागी वडा नम्वर १ मा मतदाताहरु शक्रीय भएर लागीरहेका छन् ।

 


तपाईको प्रतिक्रिया