सल्यानमा पैँयाको रुखबाट लडेर वृद्धको मृत्यु

सल्यान — सल्यानमा बिहीबार बिहान नौ बजे एक ७१ वर्षीया महिलाको रुखबाट लडेर मृत्यु भएको छ । शारदा नगरपालिका ९ मेलटाकुरा बस्ने लती बोहराको मृत्यु भएको हो ।

घरदेखि करिब २ सय मिटर पस्चिममा पर्ने पैँयाको रुखमा चढेर घाँस काटने क्रममा बोहरा लडेर घाइते भएकी थिइन् । घाइते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खडकाले बताए ।

मृत्यु भएकी बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनले जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया