वीरेन्द्रनगरमा ट्राफिक सचेतनामुलक अन्तरक्रिया सम्पन्न


सुर्खेत । वीरेन्द्रनगरमा ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा सवारी चालकहरुमा हुनु पर्ने गुण तथा ज्ञानको कमि भएको सरोकारवलाहरुले बताएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको मर्यादित यातायात सेवाका लागि सार्वजनिक सवारी चालक तथा सह-चालकहरुसँग ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा केही सवारी चालकरुमा सवारी साधन तथा ट्राफिक किताबमा अध्ययनको कमि भएको बताएका हुन् । उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कणर्ाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले सबै चालकहरुका शिक्षाको आवश्यक हुनु पर्ने बताए । उनले भने, धेरै जसो सवारी चालकहरुमा सवारी तथा ट्राफिक किताबको अध्ययन हुन जरुरी छ, प्रहरी हाम्रो साथि हो भनेर अगाडि बढेर जानू पर्छ अनि मात्रै ज्ञानको विकास हुन्छ भने दुर्घटना न्युनिकरणका लागि धेरै नै सहयोग पुग्ने छ ।’
साथै सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले पनि यातायात व्यवसायीको समस्या सुनेर बुझेर त्यहि अनुसारको कानून बनाएपछि दुर्घटना न्युनिकरणमा टेवा पुग्ने सापकोटाले बाताए । सापकोटाले कणर्ाली राजमार्गलाई हाल मृत्यु राजमार्ग भनेर चिनिने गरेको भन्दै यस राजमार्गलाई व्यवस्थित मार्ग मन्त्रालय बनाउनु पर्ने माग राखे ।
यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सवारी साधनहरुको चाप बढेसँगै दुर्घटना पनि बढिरहेकाले यसमा सरकारले न्युनिकरणमा लिनु पर्ने बताए ।
यस्तै, कणर्ाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चालकको लापरबाहीले धेरैने दुर्घटना हुने गरेको बताए । उनले ८७ प्रतिशत सवारी चालकको लापरबाहीले सवारी दुर्घटनामा पर्ने गरेको बताए । ३ प्रतिशत तिव्र गतिले, ३ प्रतिशत ओभरट्याक, ३ प्रतिशत सवारीको ईन्जिनियर समस्या र १ प्रतिशत सडकमा भएको गडबडीका कारण सवारी दुर्घटना पर्ने बताए ।


तपाईको प्रतिक्रिया