काँक्रेविहारमा राखिएको गिद्धलाई नवलरपासी पठाईयो

सुर्खेत । एक महिनादेखी सुर्खेतको काँक्रेविहारमा राखिएको गिद्धलाई नवलरपासीको कावासोती पठाइएको छ । नेपालकै पहिलो संरक्षित वन काँक्रेविहारमा उद्धार गरिएको गिद्धको संरक्षण गर्दै आएका युवा नवराज बोहोराले सबै प्रक्रिया पुरा थप संरक्षणका लागि कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको हो ।
वीरेन्द्रनगरको लादेमा घाइते अवस्थामा फेला परेको गिद्धलाई शुरुमा वन कार्यालय सुर्खेतले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमीहुँदा गिद्ध विरामी हुँदै गएको अवस्था आएपछि कार्यालयले संरक्षित वन काँक्रेविहारमा छोडेको थियो । काँक्रेविहारमा अलपत्र अवस्थामा रहेको गिद्धलाई युवाहरुको पहलमा युवा अभियन्ता बोहोराले स्याहार गरिरहेका थिए ।

 

तपाईको प्रतिक्रिया