रोकीएको सुर्खेत उद्योग वाणीज्य संघको मतगणना पुनः सुचारु


वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणीज्य संघको रोकीएको मतगणना पुनः सुरु भएको छ । गणना गर्दा धेरै समय लागीरहेको भन्दै दुवै पक्षका अध्यक्ष र निर्वाचन समितीविच छलफल गरी गणना स्थल बढाउने क्रममा उमेद्धवारका प्रतिनिधीले असहमती जनाएसंगै मतगणना  साँँझ सवा ६ बजेदेखी झण्डै २ घण्टा रोकीएको मतगणना दुवै पक्षविच छलफल गरी सुरु गरीएको निर्वाचन समितीले जनाएको छ ।

 

निकै कडा प्रतिशप्रधाका रुपमा अध्यक्ष पदका उमेद्धवार लक्ष्मण कंडेल र अर्का उमेद्धवार हर्ष विक्रम खड्का विचको मतान्तर ३१ रहेको छ ।
८ सय मतगणना गर्दा कंडेलले ४ सय ९ मत प्राप्त गरेका छन् भने खड्काले ३ सय ७८ मत प्राप्त गरेका छन् । निर्वाचन समीतीले विवाद समाधान गरी तत्काल मतगणना गर्ने प्रयास भईरहेको जनाएको छ । अहिले सम्मको मतभारलाई हेर्दा मिश्रीत नतीजा आउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया