सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्ममा हिजो शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन ।
मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका १४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन, ४२ बर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनी बाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे, पल्टिएको थियो।


दर्शन खबर । ४ बैशाख २०७९, आईतवार