सल्यानमा भत्कीयो गठबन्धन, एक्लाएक्लै चुनाव लड्ने

सल्यान । सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नभई नहुने भएको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरीएको सभापती विष्टले बताउनु भयो ।

बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सल्यानमा काँग्रेसभित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेका थिए । काँग्रेसकै एउटा पक्ष नेकपा एमालेसँग नजिक भएको माओवादी केन्द्रका एक जना नेताले बताए । सल्यान एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला हो ।

 


तपाईको प्रतिक्रिया