कुलेन्द्र शाही भेरीगंगा। नेपाल रेडक्रस सोसाइटी उपशाखा छिन्चुको १८ औँ बार्षिक अधिवेशन भेरीगंगा नगरपालीका छिन्चुको नगर सभाहलमा शनिबार सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सुर्खेत शाखाका मन्त्री प्रदिप्त पौडेलले दियो बालेर हेनरी ड्युनाको तस्विरमा फुल चढाई कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति रामलाल आचार्य कोभिड १९ ले अक्रान्त पारेको अवस्थामा छिन्चु रेडक्रस सोसाइटीले उल्लेख्य काम गरेको बताउनुभयो । त्यस्तै ज्येष्ठ अशक्त , सुत्केरी महिला र निम्न आयभएका व्यक्तिलाइ निशुल्क रगत दिदैँ आएको आचार्यले बताउनुभयो ।यस्तै उपशाखा सचिव भरत ढकालले प्रगति विवरण प्रतिवेदन, कोषाध्यक्ष ज्ञानु भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।उक्त साधारण सभामा तथा १८ औँ अधिबेशनबाट नया नेतृत्व चयन गरिएको छ । जस अन्तर्गत सभापति पदको लागि नरहरि रेग्मीलाई सर्वसम्मत चयन गरिएको छ ।
अन्य पदाधिकारीमा महिला उपसभापति पदमा रेणु आचार्य ढकाल, सचिव भरत ढकाल, उपसचिव पदम मिलन विं सी, कोषाध्यक्ष पदमा ज्ञानु भुषाल,उपकोषाध्यक्ष पदमा भिम बहादुर बुढा सदस्यहरु पवित्रा पौडल, कृष्ण कुमारी कडेल, चन्द्र बहादुर खत्री, तुलसा चन्द र इन्द्रप्रसाद जैसी लगाएत उक्त अधिवेशनमा निर्वाचन अधिकृतको रुपमा प्रदिप्त पौडेल खटिनुभएका थियो ।
सचिव भरत ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा भेरीगंगा नगरपालीका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले स्वागत मन्तव्य, उपप्रमुख रेणु आचार्य ढकाल,माननिय कर्णाली प्रदेश अमृता शाही नेपाल रेडक्रस सुर्खेत शाखाका मन्त्री प्रदिप्त पौडेल भेरीगंगा १२ का वडा अध्यक्ष हरी प्रसाद कडेल उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति रामलाल आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।


दर्शन खबर । ४ बैशाख २०७९, आईतवार