धनजन्य सेवा समाजको छैठाैँ साधारण सभा सम्पन्न, अध्यक्षमा पंगेनी

सुर्खेत । धनजन्य सेवा समाज नेपालको छैठाैँ साधारण सभा सम्पन्न भएको छ । शनीवार वीरेन्द्रनगरमा भएको साधारणसभाले समाजको अध्यक्षमा कृष्णप्रसाद पंगेनी सर्वसम्मत रुपमा चयन गरेको छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिभक्त रिजाल, उपाध्यक्षमा डिलर धमला, महासचिवमा देवेन्द्रप्रसाद रिजाल, सचिवमा यामप्रसाद शर्मा (रिजाल) र कोषाध्यक्षमा भलाराम पंगाली चयन भएका हुन् ।
सदस्यहरुमा दिनेश पंगाली, नविन रिजाल, बृद्धिप्रसाद रिजाल, नवराज रिजाल सर्बसम्मत चयन भएका समाजका महासचिव देवेन्द्र रिजालले जानकारी दिए । यस्तै, समाजको सल्लाहकार समितिमा ओम रिजाल, कासिराम रिजाल र ऋषिराम रिजाललाई चयन गरिएको छ ।

 

कार्यक्रममा प्रमुख अतीथी समेत रहेका ओम रिजालले समाज तथा वंशहरूलाई एकीकृत बनाएर लैजानका लागि समाजको स्थापना गरिएको बताए । ‘धनजन्य सेवा समाजमा छरिएर रहेका रहेका धनजन्य वंशहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्यले २०६२ सालमा सुर्खेतमा यस समाजको स्थापना गरीएका रिजालले बताए ।


तपाईको प्रतिक्रिया