दुल्लु नगरपालिकाको प्रमुखमा एमालेको तर्फबाट युवा नेता रुद्र शाही पहिलो  सिफारिस

सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट युवा नेता रुद्र शाही पहिलो नम्बरमा सिफारिस भएका छन् ।

आज दुल्लुमा उम्मेद्वार छनौटका लागि भएको मतदानमा शाहीले ५६ मत प्राप्त गरि पहिलो भएका हुन् ।

दोस्रो नम्बरका नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डा। रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरे । यस्तै, उममेयर उम्मेदवारका लागि सात जना प्रतिस्पर्धीमध्य रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् । यस्तै, दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरिन् ।

दुल्लु नगर कमिटीले नगर प्रमुखमा पहिलो नम्बरमा सिफारिस भएका शाही र दोस्रो नम्बरमा सिफारिस भएका खड्कालाई तथा उपप्रमुखमा भट्टराई र कार्कीलाई सिफारिस गरेको छ । तर सर्वसम्मतबाटै उम्मेद्वार छनौट टुंग्याउन छलफल भइरहेको बताए ।


तपाईको प्रतिक्रिया