मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा सुर्खेत आउँदै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी बैशाख ६ गते हुने भएको छ ।यसअघि चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेत कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा बैशाख ६ गते बिहान ११ बजे आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको हो ।

विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उप–प्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नुहुनेछ । भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष हुनुहुन्छ । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो ।

तपाईको प्रतिक्रिया