दैलेख । नेकपा एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज बसेको बैठकले कर्णाली प्रदेश कमिटी सदस्य एवम् चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीको संयोजकमा एकसय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कमिटीको सह संयोजक प्रदेश कमिटी सदस्य भरत शाही छन् । यस्तै जिल्ला कमिटी सदस्य शेरबहादुर रावतलाई नगर कमिटीमा प्रवक्ताको जिम्मेवारी दिएको छ ।
नगरपालिकाका उपप्रमुख एवम् एमाले प्रदेश कमिटी सदस्य तारा शाहीको संयोजकत्वमा प्रतिवद्वता तथा घोषणा पत्र तयारी कमिटी गठन गरिएको छ । र सदस्यहरुमा भने रबिन्द्रबहादुर शाही, झक्कप्रसाद शर्मा, दिनेशबहादुर बिक र मदनबहादुर बिक छन् ।


दर्शन खबर । २९ चैत्र २०७८, मंगलवार