सुर्खेतमा खुकुरी प्रहारबाट एक जना घाइते घाइतेको निखिल पोलोक्लिनिकमा उपचार भइरहेको

सुर्खेत । वीरेन्द्रनगरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपलिका–१२ भाबर टोलमा बस्दै आएका छेडागाड नगरपालिका–३ का १८ वर्षीय कलम सिंहले कुकुरी प्रहार गर्दा एक जना घाइते भएका हुन् ।

घाइते हुने वीरेन्द्रनगर नगरपालिका– १२ का २५ वर्षीय कमल अधिकारी छन् । धारिलो हतियारले उनको दाँया हातको नाडीमा गहिरो चोट रहेको र उनको कालिञ्चोकको निखिल पोलोक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हतियार प्रहार गर्ने सिंहलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया