जुम्लामा भ्यान दुर्घटना १० जना घाइते

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् ।

घाइते हुनेमा हिमा गाउँपालिका ४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका ७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका २ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन् ।

त्यस्तै हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका ३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका २ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन् ।

त्यस्तै सिजागाउँपालिका ३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका ४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।

त्यस्तै तिलागाउँपालिका ८ का ३० वर्षीय धनलाल बस्नेत र तिलागाउँपालिका १ का ५८ वर्षीय चाउरे बुढा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४जनाको अवस्था गम्भीर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ ।

केही यात्रुलाई गम्भीर चोट लागेको छ । उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया