बाङ्गेसिमलबाट अवैध काठसहित चार जना पक्राउ

सुर्खेत । प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोट स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ अवैध रुपमा लिँदै गर्दा बरामद गरेको छ । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतले सोमबार साढे १२ बजेको समयमा बाङ्गेसिमलबाट उक्त काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार सालकोटदेखी सल्लीबजार सल्यान तर्फ भे १ ख १२४२ नम्बरको मिनि ट्रकमा भेरीगंगा नगरपालिका–९ का ३९ वर्षीय रामजी गुप्ताले ब्यक्तिगत प्रयोजनका लागि स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ लैजाँदै गर्दा काठ बरामद गरेको छ ।

 

चेकजाँच गर्दा काठको १ वटा ढोका, ठुलोमा १५ वटा झ्याल, सानोमा ५ वटा झ्याल र अन्य फुटकर ४० पिस काठको टुक्राहरू फेला परेपछि वन कार्यालयलाई प्रहरीले खबर गरेको थियो ।

उक्त खबर प्रश्चाप वन डिभिजन कार्यालय सुर्खेतबाट खटिएको सशस्त्रसहितको टोलीले वन कार्यालयमा कुनै समन्वय नगरेर उक्त काठ अवैध भएको भन्दै ट्रकसहित ट्रकमा सवार व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

काठ सहित प्रकाउ पर्नेमा चालक पञ्चपुरी नगरपालिका– ८ का २० वर्षीय तोरण वि क, २१ वर्षीय प्रेम विक, भेरीगंगा नगरपालिका–९ का ३९ वर्षीय रामजी गुप्ता र भेरीगंगा नगरपालिका–६ का ३५ वर्षीय कुलविर विक रहेका प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया