कुलेन्द्र शाही सुर्खेत । युएसएआइडी को आर्थिक सहयोग एफएचआई ३६० को प्राबिधिक सहयोग र सुन्दर नेपाल संस्था पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा वार्षिक योजना तर्जुमा प्रक्रिया सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सोमबार सुर्खेतको भेरीगंगा नगरपालीका १२ छिन्चुमा सम्पन्न भएको छ ।

कार्यक्रममा खिम रेग्मीले योजना तर्जुमाका ७ चरणका बारेमा प्रशिक्षण दिनुभएको थियो । जसमा बजेटको पुर्व तयारी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, वस्ती तहका योजना छनौट, वडा तहमा योजनाको छनौट तथा प्राथमिकीकरण,बजेट तथा कार्यक्रम तर्जुमा, गाउँ वा नगर सभाबाट बजेट तथा कार्यक्रम स्वीकृति लगायतका बिषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा भेरीगंगा नगरपालीका नगर प्रमुख भुपेन्द्र बहादुर चन्द , उपप्रमुख, रेणु आचार्य ढकाल , भेरीगंगा नगरपालीका वडा नंम्बर १२ का वडा अध्यक्ष हरि प्रसाद कडेल १३ का वडा अध्यक्ष टिकाराम सुवेदी ८ का वडा अध्यक्ष पदम बहादुर खत्री उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल प्रमुख, प्रशाशकिय अधिकृत कृष्ण प्रसाद पोख्रेल, शाखा अधिकृत गजेन्द्र कुमार जिसी, लेखा अधिकृत मान बहादुर ठाडा, पशु स्वास्थ्य अधिकृत भोज प्रसाद चपाई लगाएत अन्य व्यक्तीहरुको रहेको थियो ।


दर्शन खबर । २९ चैत्र २०७८, मंगलवार